नियम ४०
जानकारी गराउनु पर्ने

नियम २२ बमोजिम उजुरी परी सो उजुरी उपर अनुसन्धान तथा तहकिकात गर्ने सन्दर्भमा निरीक्षण अधिकृतले निरीक्षण, जाँचबुझ वा खानतलासी गर्दा प्राप्त तथ्य वा प्रयोगशालाबाट प्राप्त प्रतिवेदनको आधारमा उजुरी बमोजिम सम्बन्धित व्यक्ति उपर मुद्दा चलाउन नसकिने अवस्था भएमा उजुरवालाको अनुरोधमा मुद्दा नचलाउनु पर्ने कारणका बारेमा कार्यालयले सम्बन्धित उजुरवालालाई जानकारी गराउनु पर्नेछ